Logo

अर्थ

सेयर बजारमा दोहोरो अंकको गिरावट



काठमाडौं । सेयर बजार परिसूचक नेप्से मंगलबार दोहोरो अंकले घटेको छ ।

बजार परिसूचक ३०.०५ अकंले घटेर २०३०.१० बिन्दुमा बन्द भएको छ। आज सूचीृकत कम्पनीहरुको १ करोड १० लाख ६९ हजार ९६८ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ९९ करोड ७३ लाख ८३ हजार रुपैयाँको कारोबार भएको छ ।

मंगलबार १३ वटै उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको १.१५ प्रतिशत, विकास बैंक समूहको १.३५ प्रतिशत, फाइनान्स समूहको १.३५ प्रतिशतले सेयर मूल्य घटेको छ ।

आज शिवम सिमेन्टको १६ करोड ११ लाख र ह्थावे इन्भेष्टमेन्टको १५ करोड रुपैयाँको कारोबार भएको छ ।

साथै, सिटिजन लाइफको १४ करोड ७३ लाख रुपैयाँ, सोनापुरको १२ करोड ८९ लाख रुपैयाँ र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको १२ करोड ५३ लाख रुपैयाँको कारोबार भएको छ ।

आज शिवम सिमेन्टको १६ करोड ११ लाख र ह्थावे इन्भेष्टमेन्टको १५ करोड रुपैयाँको कारोबार भएको छ । चिर्ख्वा हाइड्रो पावर, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयरहाउसिङ कम्पनी र लक्ष्मी लघुवित्तको सेयरमा सर्किट लागेको हो ।

प्रकाशित मिति : १७ पुष २०८०, मंगलवार १६:१७   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।