Logo

अर्थ

सुनचाँदीको मूल्यमा गिरावट, ताेलामा कति घट्याे ?



काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ । आज तोलामा २०० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

बुधबार छापावला सुनको मूल्य प्रतितोला १ लाख २० हजार ८०० मा कारोबार भइरहेको छ । मंगलबार भने प्रतितोला १ लाख २१ हजार रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, यो दिन तेजावी सुन तोलामा १ लाख २० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै चाँदीकाे मूल्य तोलामा १० रुपैयाँले घटेर १ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

प्रकाशित मिति : १८ पुष २०८०, बुधबार १२:४५   :  बजे

234
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।