काठमाडौं- भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई परराष्ट्रमन्त्री एनपी साउँदले स्वागत गरेका छन्।
नेपाल-भारत आयोगको सातौँ बैठकमा सहभागी हुन उनी नेपाल आएका हुन्। नेपालमा २ दिनसम्म रहने मन्त्री जयशंकरले आजै बिहान ११ बजे राष्ट्रपति रामचन्द्र पौडेललाई शीतल निवास र १२ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारमा भेट गर्ने तालिका रहेको छ।
मन्त्री जयशंकर १ बजे याक एण्ड यतिमा परराष्ट्रमन्त्री एनपी साउँदसँग वार्ता हुनेछ। आजे सवा १ बजे याक एण्ड यतिमा नेपाल-भारत आयोगको सातौँ बैठकमा सहभागी हुनेछन्।
पौने २ बजे विभिन्न सम्झौता पत्रमा हस्ताक्षर गर्ने तालिका रहेको छ।
३:४० मा कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गर्ने र साढे ४ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्ने कार्य तालिका रहेको छ।




















प्रतिक्रिया