Logo

प्रमुख समाचार

अध्यक्ष ओली र जयशंकरबीच भेटवार्ता, के भयाे कुराकानी ?



काठमाडौं । दुई दिने नेपाल भ्रमणमा रहेको भारतका विदेशमन्त्री एस जयशंकरले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् ।

आज (बिहीबार) साँझ जयशंकर र ओलीबीच बत्तिसपुतलीस्थित होटल द्वारिकामा भेटवार्ता भएको हो । उनीहरूबीच दुई देशबीचको सम्बन्धका बारेमा कुराकानी भएको ओलीको सचिवालयले जनाएको छ ।

नेपाल(भारत परराष्ट्रमन्त्रीस्तरीय आयोगको बैठकमा सहभागी हुन विदेशमन्त्री जयशंकर बिहीबार बिहान नेपाल आइपुगेका हुन्।

उनले यसअघि राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटिसकेका छन् ।

प्रकाशित मिति : १९ पुष २०८०, बिहीबार १८:३६   :  बजे

93
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।