Logo

प्रमुख समाचार

भारतीय विदेशमन्त्री एस जयशंकर स्वदेश फिर्ता



काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकर स्वदेश फर्केका छन् ।

नेपाल-भारत संयुक्त आयोगको सातौं बैठकमा भाग लिन विदेशमन्त्री जयशंकर बिहीबार बिहान काठमाडौं आएका थिए । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री एनपी साउदले विदाई गरे ।

यस्तै आयोगको बैठकपछि नेपाल र भारतबीच भएका विभिन्न सहमति तथा समझदारी आदानप्रदान भएको थियो ।

शुक्रबार स्वदेश फर्किनुअघि उनले बिहान पशुपतिनाथ मन्दिर परिसरको दर्शन गरेकान थिए । शुक्रबार नै जयशंकरले त्रिभुवन विश्वविद्यालयको पुस्तकालय उद्घाटन पनि गरेका थिए । 

प्रकाशित मिति : २० पुष २०८०, शुक्रबार १३:१७   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।