काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक सरेको छ ।
आज (शुक्रबार)का लागि बोलाइएको बैठक भोलि (शनिबार) बिहान बस्नेगरी सारिएको सो पार्टीका केन्द्रीय सचिव समेत रहेका केन्द्रीय कार्यालयका सचिव जीवनराम श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार नेताहरुको कार्यव्यस्तताका कारण बैठक सारिएको हो । ‘नेताहरुको कार्यव्यस्तताका कारण आजको बैठक भोलि शनिबारलाई सारिएको हो, अरु केही कारण छैन’, श्रेष्ठको भनाइ छ ।
माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि पुस २३ गते उम्मेदवारी मनोनयन गर्ने समय निर्वाचन आयोगले तोकेकाले दलहरु आन्तरिक रुपमा उम्मेदवार छनोटमा व्यस्त छन् ।




















प्रतिक्रिया