Logo

प्रमुख समाचार

एमालेले राष्ट्रियसभाका १९ सिटमै उम्मेदवारी दिने



काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभा सदस्य निर्वाचनमा सबै १९ सिटमै उम्मेदवारी दिने भएको छ। शुक्रबार पार्टी कार्यालय च्यासलमा बसेको केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय गरेको हो।

त्यसका लागि प्रदेशले सिफारिस गरेका उम्मेदवारका नाममा बैठकमा प्रारम्भिक छलफल भएको महासचिव शंकर पोखरेलले बताए। माघ ११ गते हुने निर्वाचनका लागि पुस २३ गते सोमबार उम्मेदवारको मनोनयन दर्ताको समय तोकिएको छ।

प्रकाशित मिति : २० पुष २०८०, शुक्रबार २१:३६   :  बजे

111
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।