Logo

प्रमुख समाचार

राष्ट्रियसभा निर्वाचन : सत्ता गठबन्धन र एमाले सहकार्यबीच नहुने



काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रमुख प्रतिपक्षी एमालेले १९ वटै सिटमा उम्मेदवारी दिने तयारी गरेको छ। पार्टी सचिवालयको शुक्रबार बसेको बैठकले सत्ता गठबन्धनले निर्वाचनमा सहकार्यका नाममा एमालेलाई अलमल्याउन खोजेको र मिडिया ट्रायल गरी बदनाम गर्न खोजेको निचोडसहित १९ वटै सिटमा उम्मेदवारी दिने तयारी थालेको हो।

गठबन्धनमध्ये सरकारको नेतृत्व गरेको नेकपा माओवादी केन्द्रले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सदनबाट पारित गर्न सघाउने सर्तमा राष्ट्रियसभामा रिक्त हुने केही सिट एमालेलाई पनि दिनेगरी छलफल अघि बढाएको थियो। राष्ट्रियसभामा एमालेका नौ सिट खाली हुँदैछन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल नौ सिटमध्ये केही एमालेलाई दिएर संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गराउन चाहन्थे। तर गठबन्धनभित्रको नेकपा एकीकृत समाजवादी ९नेकपा एस० ले राष्ट्रियसभामा एमालेलाई सिट छुट्याउने प्रस्तावको विपक्षमा उभियो। उसको यो अडानले गठबन्धन नै बिग्रने खतरा बढेपछि सत्ता पक्ष आफूहरूबीचमै सिट बाँटफाँटमा लागेको हो।

सत्ता गठबन्धनबाट सहकार्यका विषयमा अपौचारिक रूपमा कुनै प्रस्ताव नआएको भन्दै एमालेले सबै प्रदेशबाट १९ वटै सिटमा उम्मेदवारी दिने निर्णय गरेको हो।

राष्ट्रियसभा निर्वाचनमा सहकार्य गर्ने सम्बन्धमा विगत केही दिनदेखि सत्ता गठबन्धन दलहरूसँग एमालेले छलफल गरिरहेको थियो। छलफल सकारात्मक नभएपछि एमाले सचिवालय बैठकले आफ्नो मत सुरक्षित गर्न सबै सिटमा उम्मेदवारी दिने निर्णय गरेको हो।

‘सातै प्रदेशबाट प्रत्येक क्लस्टरमा तीनजनाको नाम सिफारिस गर्न भनेका थियौं। नाम आइसकेको छ। क्लस्टरवाइज सिफारिस नाममा बैठकमा प्रारम्भिक छलफल भयो, निर्वाचन हुने १९ सिटका लागि २३ गते बिहानसम्म उम्मेदवार टुंगो लगाउँछौं,’ सचिवालय बैठकपछि महासचिव शंकर पोखरेलले भने।

प्रकाशित मिति : २१ पुष २०८०, शनिबार ०८:३९   :  बजे

201
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।