काठमाडौं- सत्ता गठबन्धनमा आबद्ध दलका नेताको बैठक आजका लागि पनि बोलाइएको छ। शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा केही दल असन्तुष्ट बनेपछि निर्णयमा पुग्न नसकेकाले गठबन्धन दलबीच आज पुन: छलफल हुन लागेको हो।
यद्यपि, शनिबार राति अबेरसम्म तीन दलले राष्ट्रियसभा निर्वाचनका लागि सहमतिको अन्तिम ड्राफ्ट तयार गरेका छन्। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल असन्तुष्ट बनेर हिँडे पनि तीन दलले चार प्रदेशमा आपसी भागबण्डा गरेका हुन्।
माधव नेपालले तीन सिटमा दाबी गरेका छन्। तर कांग्रेस र माओवादीले दुई सिटमात्र दिन सकिने बताइरहेका छन्। राष्ट्रियसभा निर्वाचन माघ ११ गते हुँदैछ।




















प्रतिक्रिया