Logo

अर्थ

कामना सेवा विकास बैंकद्वारा ‘सीएसआर’मा डस्टबिन हस्तान्तरण



काठमाडौं ।  कामना सेवा विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)अन्तर्गत सरसफाई तथा डस्टबिन हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ ।

कम्पनीले आफ्नो शाखा कार्यालय बिर्तामोड, झापामार्फत् हिमशिखर टोल विकास संस्थालाई १० थान डस्टबिन हस्तान्तरण गर्नुका साथै सरसफाई कार्यक्रम सम्पन्न गरेको हो ।

बैंकका शाखा कार्यालय बिर्तामोडका शाखा प्रमुख मोदनाथ गुरागाईले हिमशिखर टोल विकास संस्थाको अध्यक्ष देवराज प्रसाईको उपस्थितिमा सरसफाई  कार्यक्रम तथा डस्टबिन हस्तान्तरण गरेका हुन् ।

कम्पनीले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरुलाई निरन्तरता दिने बताएको छ ।

प्रकाशित मिति : २२ पुष २०८०, आईतवार १४:०५   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।