काठमाडौं- कांग्रेस सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस संसदीय बोर्डमा ६ बुँदे मौखिक असहमति राखेका छन्।
उनले राष्ट्रिय सभाका उम्मेदवार चयनको समग्र सन्दर्भमा सभापतिको कार्यशैलीसँग आफ्नो प्रष्ट असहमति रहेको जनाएका हुन्।
सभापतिलाई प्रश्न गर्दै उनले संसदीय बोर्डलाई पूर्णता नदिएर पदाधिकारीले मात्रै निर्णय गर्ने भए विधानमा किन राखेको?, रास्ट्रिय सभाको विशिष्टता बढाउने कर्तव्य दलहरूकै होइन र? कांग्रेसले यो हेक्का राख्नुपर्छ कि पर्दैन? जस्ता प्रश्न राखेका थिए।
उनले समावेशीताको सिद्धान्त विधानमा कि व्यवहारमा भन्दै सभापति देउवालाई प्रश्न गरेका छन्?
उनले सभापतिसँगै इतर समूहका नेतामाथि पनि प्रश्न उठाएका छन्। ‘नेतृत्वले फरक विचार समूह गाँस्ने कि एक्लै बढ्ने ? फरक विचार समूहले भाग मात्र लिने कि न्यायोचित प्रतिनिधित्व खोज्ने?’
उनले पार्टीमा वर्षौं योगदान गरेका योग्य साथीहरूलाई बेवास्ता गर्दै उम्मेदवारी चयन प्रक्रिया गरिएको भन्दै असन्तुष्टि जनाएका छन्। उनले जिम्मेवारीको अवसर न्यायोचित हुनुपर्ने धारणा राखेका छन्।
‘रास्ट्रिय सभाकै नेतृत्व गर्ने गरी अपवाद स्वीकार्य, अन्य सोझै र प्रष्ट अस्वीकार्य? योगदान र योग्यता बोकेका सयौँ साथी हुनुहुन्छ, जिम्मेवारीको अवसर न्यायोचित हुनुपर्छ,’ उनले लेखेका छन्।




















प्रतिक्रिया