Logo

प्रमुख समाचार

प्रधानमन्त्री स्वकीय सचिवालय हेरफेरको तयारीमा



काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वकीय सचिवालयमा हेरफेर गर्ने तयारी गरेका छन्। प्रधानमन्त्रीले सानो आकारको स्वकीय सचिवालयबाट काम गर्ने तयारी गरेको बताइएको छ।

प्रधानमन्त्री प्रचण्डले केही समय पहिले प्रधानमन्त्री कार्यालय सिंहदरबारमा ६८ जना कर्मचारीको दरबन्दी कटौती गरेकोमा निजी सचिवालयमा कर्मचारी कटौती गर्ने बताइएको छ।

प्रधानमन्त्रीका सञ्चारविज्ञ मनहरि तिमिल्सिनाका अनुसार सचिवालय धेरै ठूलो भएकाले सकेसम्म सानो चुस्त टिम बनाएर प्रधानमन्त्रीले प्रभावकारी काम गर्न खोजेको जानकारी दिए। केही मान्छे नयाँ थपिने र पहिला भन्दा सोनो टिम बन्ने उनले बताए।

प्रधानमन्त्रीले अहिले तीनवटा मोडालिटीमा सचिवालय हेरफेर गर्ने तयारी गरेका छन्। पहिलो, कामका आधारमा राम्रो काम गर्नेलाई निरन्तरता दिने, प्रभावकारी रूपमा काम गर्न नसकेकालाई बिदाइ गर्ने। विवादमा आएकालाई हटाउने । दोस्रो, काम ठीकै गरेको भए पनि नयाँ साथीहरूलाई पालो दिने गरी टिम बनाउने र तेस्रो अनावश्यक जनशक्तिलाई हटाएर सानो चुस्तदुरुस्त टिम बनाउने।

अहिले प्रधानमन्त्री प्रचण्डको निजी सचिवालयमा ३९ जना छन् । प्रमुख सल्लाहकार हरिबोल गजुरेलले राजीनामा दिइसकेका छन्।

प्रकाशित मिति : २३ पुष २०८०, सोमबार १०:०४   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।