Logo

अर्थ

सेयर बजार ३६.५७ अंकले बढ्यो, कारोबार ४ अर्ब माथि



काठमाडौं । सेयर बजारमा आज दोहोरो अकंको सुधार आएको छ ।

आज सेयर बजार मापक नेप्से परिसूचक ३६.५७ अकंले बढेर २०५९.४९ बिन्दुमा बन्द भएको हो । त्यस्तै सेन्सेटिभ परिसूचक पनि ४.२७ अंकले बढेर ३७७.३८ बिन्दुमा पुगेको छ ।

सोमबार ३०९ कम्पनीको १ करोड ३७ लाख ९ हजार २७६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६७ करोड ५२ लाख २४ हजार रुपैयाँको कारोबार भएको छ ।

आज १२ उपसूचकमा हरियाली आएको छ । सोमबार बैंकिङ समूहको ०.५९ प्रतिशत, विकास बैंक समूहको २.२८ प्रतिशत, फाइनान्स समूहको २.५६ प्रतिशत, होटल तथा पर्यटन समूहको १.६० प्रतिशतले सेयर मूल्य बढेको हो ।

सोमबार सोनापुर मिनरल्सको २१ करोड ८४ लाख रुपैयाँ, माउन्टेन इनर्जीको १९ करोड ३६ लाख रुपैयाँ र हाथवे इन्भेष्टमेन्टको १६ करोड ५५ लाख रुपैयाँको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सिंगटी हाइड्रो इनर्जी, मोदी इनर्जी, त्रिशुली जलविद्युत कम्पनी, मुक्तिनाथ कृषि कम्पनीका लगानीकर्ताले कमाएका छन् । यी चार कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । नेपाल वेयरहाउजीङका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै नारायणी डेभलपमेन्टका लगानीकर्ताले ५ दशमलव ४६ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : २३ पुष २०८०, सोमबार १५:४१   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।