Logo

प्रमुख समाचार

जसपा केन्द्रीय राजनीतिक समिति बैठक बस्दै



काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय राजनीतिक समितिको बैठक आज बस्दै छ।

बैठक आज र भोलि ललितपुरको ज्यापु प्रज्ञा भवनमा बिहान ११ बजेबाट सुरु हुनेछ। बैठकमा राजनीतिक एवं संगठनात्मक प्रतिवेदन तथा पार्टीको आगामी महाधिवेशनको सम्बन्धमा छलफल हुनेछ।

पार्टीका नेताहरूको सक्रियतामा भएका कार्यहरूको प्रगति विवरणसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची छ।

पुस २७ गते केन्द्रीय समितिको बैठक पनि आह्वान गरिएको छ।

 

प्रकाशित मिति : २५ पुष २०८०, बुधबार ०७:४८   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।