Logo

अर्थ

साल्ट ट्रेडिङले गर्‍याे लाभांश घोषणा



काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले आफ्ना लगानीकर्तालाई १५ प्रतिशत बोनस सेयर घोषणा गरेको छ । सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० का लागि लाभांश घोषणा गरेको हो ।

कम्पनीले गत आवको सञ्चित मुनाफाबाट १५ प्रतिशत बोनस सेयर र ०.७९ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरी कुल १५.७९ प्रतिशत लाभांशको घोषणा गरेको छ ।

प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिनेछ ।

प्रकाशित मिति : २६ पुष २०८०, बिहीबार ११:१४   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।