Logo

प्रमुख समाचार

नेताहरूसँग राष्ट्रपतिको अनुरोध- संविधान कार्यान्वयनमा प्रण गरौं



काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले संविधान कार्यान्वयनका लागि आवश्यक कानुन तत्काल बनाउन दलका शीर्ष नेताहरूलाई आग्रह गरेका छन्।

संविधानको पूर्ण कार्यान्वयन नभएकोतर्फ उनले चिन्ता व्यक्त गरेका छन्। जनतामा निराशा देखिएको बताउँदै उनले संघीय संसदमा रहेका दलहरूलाई आवश्यक कानुन बनाउन आग्रह गरे।

माघी पर्वको अवसरमा आज संघीय संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरूलाई आज शीतल निवासमा बोलाएर राष्ट्रपति पौडेलले जनतामा देखिएको निराशा चिर्न कानुन बनाएर कार्यान्वयन गर्नुपर्ने बताए।

‘जनतामा देखिएको निराशा अरु कारणले नभइ संविधान कार्यान्वयन नभएर रहेको उनले औंल्याए। संविधानले उत्पीडित, उपेक्षित, पिछडिएका जनतालाई अधिकार सम्पन्न बनाएको भन्दै उनले समावेशी संघीय लोकतान्त्रिक गणतन्त्र साकार पार्ने प्रण गर्न आग्रह गरे।

उनले भने, ‘नेपाली जनताको चाहना मैले पनि बुझेको छु । नेपाली जनता कहिल्यै पछाडि र्फकन चाहँदैनन् । उनीहरूको चाहना अगाडि बढ्ने नै हो । त्यसैले समावेशी संघीय लोकातान्त्रिक गणतन्त्र साकार पारेर जनताको त्यो चाहना पूरा गर्ने तपाईं-हामी सबै मिलेर आजको दिनमा प्रण गरौं।’

कार्यक्रममा उपराष्ट्रपति, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, राष्ट्रिय सभाका उपाध्यक्ष, संघीय संसदमा प्रतिनिधित्व गर्ने संसदीय दलका नेताहरू, संसदीय समितिका सभापतिहरू र स्वतन्त्र सांसदहरूको उपस्थिति थियो।

प्रकाशित मिति : १ माघ २०८०, सोमबार १३:१८   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।