काठमाडौं । डिजिटल वालेट आइएमई पेले पोखरामा सम्पन्न भएको ‘कन्दरा–लाइभ इन पोखरा’ इभेन्टको लागि विशेष टिकेटिङ पार्टनरको रूपमा आफ्नो भूमिकालाई उत्कृष्टताका साथ सम्पन्न गरेको छ ।
पोखरा प्रदर्शनी केन्द्रमा हालै सम्पन्न भएको उक्त साङ्गीतिक कार्यक्रममा इएमई पेले टिकेटिङ पार्टनरको रुपमा टिकटको उत्कृष्ट व्यवस्थापन गरेको हो ।
‘पहिला घरदेश, अनि परदेश’ नारा लिएर साङ्गीतिक टुरको पहिलो कार्यक्रम पोखरामा पौष २७ गते शुक्रबार प्रस्तुत गरेको कन्दरा ब्यान्डले साङ्गीतिक कार्यक्रम समापन गरेको छ । यस कार्यक्रममा १० हजारभन्दा बढी दर्शकहरूको उपस्थिति रहेको व्यवस्थापक कम्पनीले एल्फा स्क्वायरले जनाएको छ ।
आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मीले यस कार्यक्रमको समापनमा कार्यक्रमको सफल समापनले मनोरञ्जन तथा इभेन्ट उद्योगमा आइएमई पेको तर्फबाट उत्कृष्ट सेवाहरू प्रदान गर्ने कम्पनीको प्रतिबद्धतालाई सुदृढ बनाएको बताएका छन् ।
आइएमई पे मोबाइल वालेट मार्फत सेवाग्राही आफैले अथवा एजेन्टहरुको मार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरू गर्न सक्नेछन् । यसले व्यक्ति-व्यक्ति बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधा देखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा त्तच् स्क्यान गरी भुक्तान गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरू भुक्तान गर्न मिल्ने सेवा समेत प्रदान गर्दै आइरहेको छ ।




















प्रतिक्रिया