Logo

प्रमुख समाचार

नेपाल मेडिकल कलेजद्वारा विज्ञापन आह्वान (सूचनासहित)



काठमाडौं– नेपाल मेडिकल कलेजले विभिन्न पदमा कर्मचारी माग गरेको छ। कलेजले मंगलबार एक सूचना प्रकाशित गरी विभिन्न पदमा कर्मचारी माग गरेको हो।

सूचनाअनुसार कलेजले चिफ फाइनान्स कन्ट्रोलर, चिफ एकाउन्टेन्ट अफिसरदेखि इलेक्ट्रिकल इन्जिनियर माग गरेको छ।

यसैगरी, सिभिल इन्जिनियर, मेट्रोन, होस्टल वार्डेन, स्टोर इन्चार्ज, आर्किटेक्चर तथा प्रशासन अधिकारी माग गरिएको छ।

योग्यता पुगेका उम्मेदवारले सात दिनभित्र व्यक्तिगत विवरणसहित दरखास्त दिन सक्नेछन्।

दरखास्त इमेलमार्फत पठाउनु पर्नेछ। सर्ट लिस्टमा परेकाहरूलाई कलेजले अन्तर्वार्ताका लागि सम्पर्क गर्नेछ।

 

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार ०८:१२   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।