Logo

अर्थ

गरिमा विकास बैंकद्धारा ‘गरिमा फाइभ इन वान बचत खाता’ सार्वजनिक



काठमाडौं । गरिमा विकास बैङ्कले ग्राहकहरूका लागि ‘गरिमा फाइभ इन वान बचत खाता’ सेवा सार्वजनिक गरेको छ । यो बचत खातामा ग्राहकहरूले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, मेरो शेयरको र सि आस्वा सेवाका लागि एकै पटक वा छुट्टाछुट्टै आवेदन दिन सक्ने बैङ्कले जनाएको छ ।

यस खाताअन्तर्गत ग्राहकहरूले न्यूनतम एक हजार रुपैयाँमा खाता खोली निःशुल्क सेवा अन्तर्गत मोबाइल बैकिङ्ग , वेव बैकिङ्ग, एटीएम, सि आस्वा तथा गरिमा क्यापिटल र सेयर ब्रोकर कम्पनीहरूबाट डिम्याट ,सेयर ट्रेडिङ र मेरो शेयर खाता साथै लकरमा पचास प्रतिशतसम्म छुटको सुविधा रहने बैङ्कले जनाएको छ ।

यस सेवा मार्फत नयाँ तथा पुराना ग्राहक महानुभावहरूले गरिमा विकास बैङ्कका कुनै पनि शाखाबाट सहजै खाताहरू खोल्न सक्ने बैङ्कले जनाएको छ. ।

गरिमा विकास बैङ्कले ग्राहकहरूलाई सहज र सरल रूपमा डिजिटल शेयर ट्रेडिङ प्लेटफर्म समेत उपलब्ध गराउने उद्देश्यले यो सेवा प्राराम्भ गरेको हो ।

काठमाडौँको लाजिम्पाटमा केन्द्रिय कार्यालय रहेको यस विकास बैकले नेपालको विभिन्न शहरी तथा ग्रामीण जिल्लाहरूमा १२३ शाखा कार्यालय ५१ एटिएमबाट करिब ८ लाख ग्राहकहरुलाई बैकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार १०:२२   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।