काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । आज सुन ताेलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ ।
आज छापावाल सुन एक लाख १८ हजार रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार छापावाल सुन एक लाख १८ हजार ४०० रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदी तोलामा २० रुपैयाँले बढेर १४०० रुपैयाँमा कारोबार भएको छ । हिजो चाँदीको मूल्य तोलामा १३८० रुपैयाँमा कारोबार भएको थियो ।




















प्रतिक्रिया