Logo

अर्थ

माउन्टेन ग्लोरी फरेस्ट रिसोर्टले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एलएस क्यापिटल



काठमाडौं । पोखरामा अवस्थित माउन्टेन ग्लोरी फरेस्ट रिसोर्ट एण्ड स्पाले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले रु. १०० अंकित दरले ४० लाख कित्ता साधारण सेयरको प्राथमिक निष्कासन  गर्ने भएको हो ।

आईपीओ निष्कासनको उद्देश्यले कम्पनीले लक्ष्मी सनराइज बैंकको सहायक कम्पनी एलएस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

निष्कासन कर्ता नियुक्ति सम्बन्धी सम्झौतामा कम्पनीको तर्फबाट अध्यक्ष सुनिलभक्त श्रेष्ठ र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले हस्ताक्षर गरेका बताइएको छ ।

जारी पूँजी रु.१ अर्ब ५० करोड रहेको माउन्टेन ग्लोरी लिमिटेडले पोखराको दोभिल्लास्थित करिब ७० रोपनी क्षेत्रफलमा फैलिएको ६४ कोठासहित विशेष सुविधासम्पन्न रिजोर्टको रुपमा माउण्टेन ग्लोरी फोरेष्ट रिसोर्ट एण्ड स्पा सञ्चालन गर्दै आएको छ ।

विगत ८ वर्षदेखि सञ्चालनमा रहेको यो स्पाले सेयर  निष्कासनपछि कोठाहरु थप गरी विदेशी होटल चेनसँग समेत सहकार्य गरी पाँचतारे स्तरको होटल तथा रिजोर्ट सञ्चालनको योजना बनाएको छ ।

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार १७:१८   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।