Logo

शेयर बजार

साताको सेयर बजार : ७१ अङ्कले घट्यो नेप्से सूचक



काठमाडौँ । यो साता सेयर बजार परिसूचक नेप्से पाँचै कारोबार दिन नेगेटिभ(ऋणात्मक) बन्न पुगेको छ । अघिल्लो हप्ताको बुधबार अर्थात् माघ ३ गतेदेखि ओरालो लाग्न थालेको नेप्से सूचक निरन्तर यो हप्ता भरी नै रोकिएन । माघ ११ गतेसम्म यो साता ७१.७३ अङ्कले नेप्से घट्दै २ हजार ८४ विन्दुमा झरेको हो ।

आइतबार २५.६३ अङ्कले घटेको नेप्से सूचक सोमबार ३१.४९ अङ्कले घट्यो भने मंगलबार, बुधबार र अन्तिम कारोबार दिन बिहीबार क्रमशः ०.४० अङ्क, १०.२५ अङ्क र ३.९४ अङ्कले नेप्से घटेको छ ।

समग्रमा यो साता ७१ अङ्कले नेप्से सूचक घट्दै गर्दा तर यता कारोबार भने आकर्षक रूपले नै भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यो साता २५ अर्ब ५४ करोड ९३ लाख ९८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

मार्केट क्यापिटलाइजेशन १ खर्ब १२ अर्ब रुपैयाँले घट्यो

उसो त नेप्से सूचकसँगै यो साता यता मार्केट क्यापिटलाईजेशन (बजार पुँजी) समेत घट्न पुगेको छ । यो साता १ खर्ब १२ अर्ब ६६ करोड ६० लाख रुपैयाँले मार्केट क्यापिटलाइजेशन घट्न पुगेको हो ।

अघिल्लो हप्ताको अन्तिम कारोबार दिन धितोपत्र बजार मार्केट क्यापिटलाईजेशन ३३ खर्ब ८६ अर्ब ३ करोड ६० लाख रुपैयाँ कायम भएको थियो । तर, यो साता सो घटेर ३२ खर्ब ७३ अर्ब ३७ करोड रुपैयाँ बराबरमा झरेको हो ।

प्रकाशित मिति : १३ माघ २०८०, शनिबार १०:१९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।