काठमाडौं- लोकतान्त्रिक गणतन्त्रको विरोध गर्दै राजसंस्थाको पक्षमा वकालत गर्दै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पूर्व राजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता गरेका छन्।
प्रसाईंले सोमबार बिहान बाराको सिमरामा भेटवार्ता गरेका हुन्। सोमबार शाहसँगको बसेर खिचेको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्दै प्रसाईंले भेटवार्ता भएको जनाएका छन्।
उनले भेटलाई अर्थपूर्ण भनेका छन्। प्रसाईंले भ्रष्टाचार, बेथितिलगायतको देशको समग्र विषयमा पूर्वराजासँग छलफल भएको बताए।
पूर्वराजा शाहले पछिल्लो समय आफ्नो सक्रियता बढाएका छन्। शनिबार वीरगञ्जमा आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशको विकास र उत्थानका लागि आफैँ लाग्नुपर्ने बताएका थिए।





















प्रतिक्रिया