काठमाडौं । आज सेयर बजारमा दोहोरो अंकले बढेको छ । आज सेयर बजार नेप्से परिसूचक १४.८८ अंकले बढेर २११९.६१ को विन्दुमा बन्द भएको छ ।
आज १५२ कम्पनीको सेयरभाउ बढ्दा ८५ वटाको घटेको छ भने १० वटाको स्थिर रहेको छ । यस दिन ५ अर्ब ५४ करोड ४२ लाख रुपैयाँको कारोबार भएको छ ।
आज सबैभन्दा धेरै चन्द्रगिराी हिल्स, समाज लघुवित्त वित्तीय संस्था र रावा इनर्जीका लगानीकर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । सिनर्जी पावर कम्पनीका लगानीकर्ताले ८.७२ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै मिड सोलु हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ दशलमव ३५ प्रतिशतका दरले गुमाएका हुन् ।
आज हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । आज यस कम्पनीको ७५ करोड २७ लाख १६ लाख रुपैयाँको सेयर कारोबार भएके हो ।




















प्रतिक्रिया