Logo

अर्थ

आजसम्म कायम सेयरधनीले रिडी पावरको हकप्रद सेयरमा आवेदन दिन पाउने



काठमाडौं- आजसम्म कायम सेयरधनीले रिडी पावर कम्पनीको हकप्रद सेयरमा आवेदन दिने अन्तिम दिन रहेको छ। यस कम्पनीले ५० प्रतिशत हकप्रद सेयरको लागि माघ २२ गते बुक क्लोज गर्दैछ।

कम्पनीले १०.५० अनुपातमा कुल ७७ लाख ४४ हजार ५०६ कित्ता सेयर जारी गर्न लागेको हो। जसअनुसार रिडी पावरले प्रतिकित्ता १ सय अंकित मूल्यमा ७७ करोड ४४ लाख ५० हजार ६ सय रुपैयाँ बराबरको सेयर निष्कासन गर्नेछ।

यो हाइड्रोपावरको लगानी तथा व्यवस्थापनमा रहेको साझा पावर डेभलपमेन्ट कम्पनीको स्वामित्वमा रहने तल्लो बलेफि जलिविद्युत आयोजना निर्माण गर्न र उक्त आयोजनामा स्वपुँजी व्यवस्थापन गर्न हकप्रद सेयर निष्कासन गर्न लागेको हो।

हाल रिडी पावरको चुक्ता पुँजी १ अर्ब ५४ करोड ८९ लाख १ हजार २०० रुपैयाँ रहेको छ। हकप्रद पछि यसको पुँजी २ अर्ब ३२ करोड ३३ लाख रुपैयाँ पुग्नेछ।

प्रकाशित मिति : २१ माघ २०८०, आईतवार ०९:०५   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।