Logo

अर्थ

सोनापुर मिनरल्स् एण्ड आयलको १६औँ वार्षिक साधारणसभा सम्पन्न



काठमाडौं । सोनापुर मिनरल्स् एण्ड आयलको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा दाङको घोराही उपमहानगरपालिका वडा नं १५, स्थित होटल माला इनमा सम्पन्न भएको हो ।

सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त भएको आ.व. २०७९/०८० को नाफा नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण आर्थिक वर्षको लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताप पनि स्वीकृत गरेको छ ।

सभाले सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुमा अंकित खड्का र रचना कुमारी ओझा निर्विरोध निर्वाचित गरेको छ ।

प्रकाशित मिति : २८ माघ २०८०, आईतवार १२:११   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।