Logo

अर्थ

राष्ट्र बैंकले खारेज गर्‍यो मनि चेञ्जर कारोबार गर्ने ५ कम्पनीको लाइसेन्स



काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ मनिचेञ्चरको इजाजतपत्र (लाइसेन्स) रद्द गरेको छ । केन्द्रीय बैंकले मनिचेञ्जर कारोबार गर्न लाइसेन्स प्राप्त गरि नविकरण नगरेका ५ वटा कम्पनीको लाइसेन्स रद्द गरेको हो ।

राष्ट्र बैंकका अनुसार काठमाडौं बसन्तपुरको फेयर मनि एक्सचेञ्ज प्रा.लि., भक्तपुर तौमढीको न्यातपोल मनि एक्सेञ्ज प्रा.लि., काठमाडौं क्षेत्रपाटीको कैलाश मनि एक्सचेञ्ज, रसुवा गोसाइकुण्डको ग्रेस मनि एक्सचेञ्ज र लालदरबार काठमाडौंको रुट नेपाल मनि एक्सचेञ्जको लाइसेन्स रद्द भएको छ ।

मनिचेञ्चर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौंथो संशोधनसहित) को विनिमय १९को उप विनियम (३) बमोजिम तोकिएको समयमा नवीकरण नगरेकाले लाइसेन्स रद्द गरिएको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार १५:१४   :  बजे

105
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।