Logo

अटो

चौधरी ग्रुपले भित्र्याएको ‘एआईओएन वाई’ ईभीको मूल्य कति, के छ विशेषता ?



चौधरी ग्रुपले नयाँ विद्युतीय गाडी ‘आयोन वाई’ नेपाल भित्र्याएको छ । मंगलबार चौधरी ग्रुपले आयोन ब्राण्डको ईभी ‘एआईओएन वाई’ सार्वजनिक गरेको हो ।

एआईओएन वाई  ईभीको लम्बाई ४५ हजार ३५० एमएम, चौडाई १ हजार ८७० एमएम र उचाई १ हजार ६५० एमएम छ । यसमा २ हजार ७५० एमएमको ह्वीलवेस पाउन सकिन्छ । चिनियाँ यस ईभीको ग्राउन्ड क्लियरेन्स १८३ एमएम छ ।

कम्पनीले यसमा १०.२५ इन्चको ड्राइभर इन्फर्मेसन डिस्प्ले र १४.६ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम रहेको जनाएको छ । कप होल्डर, वायरलेस चार्जर लगायतका सुविधा पनि दिएको छ ।

यु गाडीमा ६१.५ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री छ । यसलाई सिंगल चार्जमा ५ सय किलोमिटर गुडाउन सकिने र यसको मोटर क्षमता १ सय किलोवाट रहेको कम्पनीले जनाएको छ ।

कम्पनीले एआईओएन वाई  ईभीको मूल्य ५४ लाख ९९ हजार रूपैयाँ कायम गरेको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलवार १९:३१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।