Logo

कर्पोरेट फोकस

खराब कर्जामा डुबेको एनआईसी बैंकको हास्यास्पद जवाफ, भन्छ-‘ऋण असुलीमा हामी उत्कृष्ट छौँ’



बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नारा भजाउदै आफ्ना ग्राहकलाई समेत भ्रमित पार्दै आएको एनआईसी एशिया बैंकलाई केहि दिनदेखि विज्ञप्ति सार्वजनिक गर्न भ्याइ नभ्याइ छ ।

खराव कर्जामा चुर्लुम्म डुबेको यस बैंकले एकैसाथ ५० भन्दा बढी साखा र एक्स्टेनसन काउन्टर बन्द गर्न नेपाल रास्ट्र बैंकमा निवेदन दिएको खबर एकाएक बाहिरीएपछि यसबाट हुने खतराबाट बच्न बैंकले नाटकीय ढंगले जवाफ दिन थालेको हो ।

बैंकका नायब प्रमुख सूचना अधिकारी अर्जुनराज खनियाले आज एक बिग्यप्ती सार्वजनिक गर्दै नेपाल रास्ट्रबैंकको तथ्यगत विषयको समेत खण्डन गर्दै साखा बन्द गर्न लागेको र निरीक्षणका क्रममा देखिएका त्रुटिसंगै जोखिमभार कम देखाइएको नक्कली डाटाका सम्बन्ध मा बाहिरीएका समाचारप्रति आपत्ति जनाएका छन् ।

विज्ञप्तिमा भनिएको छ,-‘बैंकको संस्थागत सुशासन, कर्जाको गुणस्तर, कर्जा असुलीको अवस्था लगायत सञ्चालक समिति तथा उच्च व्यवस्थापनसँग सम्बन्धित विषयमा प्रकाशित समाचारहरू पूर्णरुपमा कपोकल्पित तथा असत्य रहेको व्यहोरा स्पष्ट पार्दछौं ।’

त्यस्तै, बैंकका मुख्य सूचकांकहरू (सञ्चालन मुनाफा, खुद मुनाफा, प्रति शेयर आम्दानी, स्वःपूँजीमा प्रतिफल, निष्क्रिय कर्जा अनुपात लगायत) मा वाणिज्य बैंकहरूमध्ये उत्कृष्ट मध्येमा सदैव पर्दै आएको र कर्जा असुली तथा सम्पत्तिको गुणस्तर सम्बन्धमा यस बैंकको अवस्था अत्यन्त उत्कृष्ट रहेको एवम् बैंक प्रत्येक आर्थिक वर्षको प्रत्येक त्रैमासमा कर्जा असुलीका समग्र परिसूचकहरूमा सर्वोत्कृष्ट मध्येमा पर्दै आएको तथ्य सगौरव जानकारी गराउँदछौं ।

संस्थागत सुशासन, नियमनकारी व्यवस्थाहरूको परिपालना, Overall Financial Indicators मा बैंकको अवस्था, कर्जाको गुणस्तर तथा कर्जा असुलीको अवस्था, सञ्चालक समिति तथा बैंक व्यवस्थापनको कार्यकुशलता लगायत हरेक पक्षबाट हेर्दा यस बैंक सबै सरोकारवालाहरूको पहिलो रोजाईको बैंक बन्ने बैंकको Mission मा निरन्तर सफल हुँदै गइरहेको पुष्टी हुने तथ्य समेत सहर्ष जानकारी गराउँदै बैंक भित्र सञ्चालक समिति, उच्च व्यवस्थापन लगायत कुनै पनि तहमा कुनै पनि किसिमको असमझदारीको झिल्को समेत नरहेको र बैंकको सम्पूर्ण संरचना नै सदा झैं एकतावद्ध, दृढ, एवम् रुपान्तरणकारी हिसावले सबै सरोकारवालाहरूको हित संरक्षण र संवद्र्धन गर्न मन, वचन र कर्मले अहोरात्र खटिरहेको जनाएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार १९:४०   :  बजे

1.9K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।