Logo

प्रमुख समाचार

वामपन्थी ध्रुवीकरण अघि बढ्यो : देवेन्द्र पौडेल



काठमाडौं- नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले नेपाली राजनीतिमा वामपन्थी ध्रुवीकरण अगाडि बढेको बताएका छन्।

प्रधानमन्त्रीनिवास बालुवाटारमा आज बसेको माओवादीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग उनले राजनीतिलाई ‘कोर्स करेक्सन’ गरेर वामपन्थी ध्रुवीकरणतर्फ लैजानुपर्छ भनेर नयाँ गठबन्धन बनाइएको बताए।

‘वामपन्थी दलहरू एक होऊन् भन्ने नेपाली जनताको चाहना हो, वामपन्थी कमजोर हुने अवस्था आउन नदिन उक्त ‘स्टेप’ चालिएको हो,’ उनले भने।

विगतका त्रुटि–कमजोरी सच्याएर अघि बढ्नुपर्छ भन्नेबारेमा छलफल भएको उनले जानकारी दिए।

नेकपा एमालेसहितको नयाँ गठबन्धन कायम भएसँगै समाजवादी मोर्चा नेपाल पनि निरन्तर रहने उनको भनाइ छ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार १२:२५   :  बजे

189
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।