काठमाडौं- राष्ट्रिय सभा अध्यक्षको उम्मेदवारको टुंगो लगाउन नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैछ। आइतबार दिउँसो पार्टी कार्यालय पेरिसडाँडामा बस्ने पदाधिकारी बैठकले फागुन २९ गते हुने राष्ट्रिय सभा अध्यक्षको उम्मेदवारको टुंगो लगाउनेछन्।
नयाँ गठबन्धनमा राष्ट्रिय सभा अध्यक्ष माओवादी केन्द्रलाई र उपाध्यक्ष नेकपा एमालेलाई दिने सहमति भएको छ। माओवादीबाट राष्ट्रिय सभा अध्यक्षमा उर्मिला अर्याल, झक्कुप्रसाद सुवेदी र नारायण दाहालको चर्चा छ।
यसअघि माओवादीसँगको गठबन्धनमा राष्ट्रिय सभा अध्यक्षमा नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलालाई उठाउने सहमति भएको थियो। सत्ता समीकरण फेरिएसँगै राष्ट्रिय सभा अध्यक्ष माओवादीले पाउने भएको हो।
प्रमुख प्रतिप्रक्षी नेपाली कांग्रेसले पनि राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवार उठाउने तयारी गरेको छ।




















प्रतिक्रिया