Logo

one

भक्तपुरको दुवाकोटबाट विद्यार्थी रोहित गौतम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको अपील



भक्तपुर । भक्तपुरको दुवाकोटमा बिहान कलेज जाने भनेर हिँडेका रोहित गौतम बितेको १० घण्टादेखि सम्पर्कबिहीन भएका छन् ।

उनको खोजी गरिदिन परिवारले अपील गरेका छन् । काठमाडौंको हेराल्ड कलेजमा आईटी संकायमा स्नातक तहको तेस्रो वर्षमा अध्ययनरत गौतम बिहान घरबाट पढ्नलाई निस्केको उनका बुबा रामप्रसाद गौतमले जानकारी दिए ।

रोहित रातो रंगको बाग्मती प्रदेशको ०४२ प ७९२६ नम्बरको स्कुटरमा बिहान ८ बजेर १५ मिनेटमा दुवाकोट घरबाट हिँडेका थिए ।

घरबाट कलेज जाने भनेर हिँडे पनि उनी कलेज नपुगेको उनका साथीहरुले जानकारी दिएको परिवारले बताएका छन् ।

उनलाई कतै भेट्टाए नजिकैको प्रहरीमा सम्पर्क गरिदिन परिवारले अपील गरेका छन् ।

भक्तपुरकाे दुवाकाेटबाट हराइरहेका राेहित गाैतम

प्रकाशित मिति : ५ बैशाख २०८१, बुधबार १७:५१   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।