विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसले गर्दा झण्डै आठ महिना पछि नेपाली राष्ट्रिय फुटबल टोली अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि बंगलादेश प्रस्थान गरेको छ । नेपाली टोली आज बिहान हिमालयन एयरलाइन्समार्फत त्यसतर्फ प्रस्थान गरेको हो । फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि बङ्गलादेशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
बंगलादेश प्रस्थान गर्नेमा ३४ सदस्यीय नेपाली छन्, जसमा २५ जना खेलाडी छन् । नेपालले बंगलादेशसँग कार्तिक २८ गते पहिलो मैत्रीपूर्ण खेल खेल्नेछ भने मंसिर २ गते दोस्रो मैत्रीपूर्ण खेल खेल्नेछ । बंगलादेश प्रस्थान गरेको नेपाली टोलीले त्यहाँ गएर एक साता क्वारेन्टिनमा बस्नेछ । एक साताको क्वारेन्टिनपछि नेपाली टोलीको कोरोना परीक्षण गरिनेछ ।
टोलीका मुख्य विदेशी प्रशिक्षक योहान कालिनको अनुपस्थितिका कारण नेपाली राष्ट्रिय टीमको प्रशिक्षकको जिम्मा बालगोपाल महर्जनलाई दिइएको छ । त्यस्तै गोलकिपर तर्फको प्रशिक्षकमा भने विकास मल्ल छन् । यसपाली नेपाली टोलीको कप्तानी भने गोलकिपर किरण लिम्बूले गर्नेछन् ।
नेपाली खेलाडी :
भरत खवास, किरण चेम्जोङ, नवयुग श्रेष्ठ, विकास खवास, विक्रम लामा, विमल राना, विशाल श्रेष्ठ, अजित भण्डारी, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, दर्शन गुरुङ, दीप कार्की, दिलेन लोक्तन, जर्ज प्रिन्स कार्की, पुजन उपरकोटी, सुवास गुरुङ, सुजल श्रेष्ठ, सुमन अर्याल, रञ्जित धिमाल, रवि पासवान, सरोज दाहाल, तेज तामाङ र छिरिङ गुरुङ, सेसेहाङ आङ्देम्बे ।




















प्रतिक्रिया