Logo

कोशी प्रदेश

अपडेट : इलाम- २ मा काँग्रेसका डम्बर बहादुर खड्काको १६४३ मतका साथ अग्रता



इलाम -२ को मत गणनाको पछिल्लो अपडेटमा नेपाली कांग्रेसले आफ्नो अग्रता कायम राखेको छ ।

प्राप्त विवरण अनुसार नेपाली कांग्रेसका डम्बर बहादुर खड्काले १६४३ मत प्राप्त गरेका छन् । त्यसैगरी एमालेका सुहाङ नेम्वाङले १६०१ मत प्राप्त गरेका छन् ।

त्यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ४३७ मत प्राप्त गरेका छन् भने रास्वपाका मिलन लिम्बुले ३०५ मत प्राप्त गरेका छन् ।

निर्वाचन आयोगले अहिलेसम्म गणना गरिएका २७९७ मत सदर भएको जनाएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आईतवार १७:१३   :  बजे

210
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।