दमक । झापाको गौरीगञ्ज गाउपालिका वडा नम्बर १ को वडाध्यक्षले गैर कानुनी रुपमा सेवाग्राहीसंग मिलेमतो गरि किर्ते गरि फर्जी कागजात बनाएको पाइएको छ ।
वडा नम्बर १ को वडाध्यक्ष कार्तिकलाल राजवंशीले आर्थिक प्रलोभनमा परि उक्त वडाको चार जनालाई बिबाहित भनेर जान्दा जान्दै अबिबाहिताको सिफारिस दिएका छन् । निजले २०७७ साल कार्तिक २१ गते एकापरिवारको ओजाहाङग लिम्बू को नाति मेख बहादुर लिम्बूको छोरा बर्ष ४७ को दिल प्रसाद लिम्बू , बर्ष ५३ को देव कुमार लिम्बू , बर्ष ५२ कि फिपरानी लिम्बू र ४३ को गंगा प्रसाद लिम्बूहरुलाई अबिबाहिताको सिफारिस दिएका हुन् । ०७७ सालमा समेत राजवंशी सो वडाका वडाध्यक्ष रहेका थिए भने उनी स्वयमले उक्त सिफारिसमा ठूलो आर्थिक प्रलोभनमा परि हस्ताक्षर गरेर कागजात बनाएको खुलेको छ ।

लिम्बूहरुलाई बेलायत जानको लागि अबिबाहिताको सिफारिस आवश्यक परेको हुदा राजवंशीसंग समन्वय गरि मोटो रकम खुवाएर उनीहरूले सिफारिस लिएको श्रोतको दाबी छ ।
११८०५००३ राहदानी नम्बर भएको देव कुमार लिम्बू , ११८०५०१३ राहदानी नम्बर भएकी फिपरानी लिम्बू , ११८०५०१० राहदानी नम्बर भएको गंगा प्रसाद लिम्बू र १२०७०४५० राहदानी नम्बर भएको दिल प्रसाद लिम्बूलाई बेलायत जानको लागि उक्त सिफारिस आवश्यक परेपछि निजहरुले वडाध्यक्ष राजवंशीलाई आर्थिक प्रलोभनमा पारि उक्त सिफारिस लिएको श्रोतले बतायो ।

पत्रकार देखेपछि भागे वडाध्यक्ष
यसै सन्दर्भमा प्रतिक्रिया लिन संचारकर्मीको टोली सोमबार करिव १२:३० बजे वडा कार्यालय पुग्दा कार्य कक्षमा सेवाग्राहीसंग गफ गरेर बसिरहेका वडाध्यक्ष राजवंशी पत्रकारसंग प्रसंग निस्कने बित्तिकै फोनमा बोलेजस्तो गरेर कार्यकक्षबाट बाहिरेका थिए । उनलाई उक्त बिषयमा बोल्न आग्रह गर्दा पनि एकछिनमा आउछु भनेर उनी बाहिरिए । निकैबेर नआएपछि उनलाई फोन सम्पर्क गर्दा फोन नउठाई उनी सम्पर्कमा आउन चाहेनन् ।
लण्डन बसेरै बिचौलियाको भूमिका निभाउदै थापा मास्के र श्रेष्ठ

काभ्रेपलान्चोक जिल्ला पनौती नगरपालिका वडा नम्बर ५ सुलागाँउ स्थायी घर भएका फत्ते बहादुर थापाको छोरा हाल UK को 20,22,24 central chambers , The Broadway Ealing , London W5 2NR स्थित Everst Low solicitors का संचालक राजु थापा , काठमाडौं घर भई हाल बेलयत बस्ने दिपक मास्के र ललितपुर सातदोबाटो स्थित shrestha career advisor pvt.ltd. का संचालिका समी काछी रोजी श्रेष्ठ सहितले निज लिम्बूहरुलाई बेलायत लगिदिने बहानामा किर्ते कागजात बनाउनको लागि प्रेरित गरेको श्रोतको दावी छ । निजहरुलाई लण्डन र काठमाडौं बसेर नेपालका भूतपूर्व गोर्खा सैनिकका छोराछोरीहरुलाई बेलायत लगिदिने बहानामा मोटो रकम उठाएर ठगि गरेको आरोपमा मुद्दा समेत परेको थियो ।



















प्रतिक्रिया