काठमाडौं । राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाको परराष्ट्र मन्त्रालयमा सरुवा भएको छ । ढुंगानाको ठाउँमा चक्रबहादुर बुढालाई पठाइएको छ । विभागको नेतृत्वमा लामो समयदेखि ढुंगाना थिए ।
बुढालाई हालै पर्यटन विभागबाट सरुवा गरेर प्रधानमन्त्री कार्यालयमा ल्याइएको थियो ।
ढुंगानाले विभागको नेतृत्वमा रहेर सुन तस्करीको जालो तोडेर वाहीवाही कमाएका थिए । यसपछि अमेरिकी प्रविधि कम्पनी कोटिभिटीको करछली मुद्दा दायर गरेपछि भने ढुंगानाको विरोध भएको थियो ।
कोटिभिटीविरुद्ध मुद्दा दायर गरेपछि नै ढुंगानाको सरुवा हुने बताइएको थियो । ढुंगाना विभागबाट सुरुवा भएर भारतस्थित महावाणिज्य दूतावासमा जाने बताइएको छ ।
महानिर्देशकका रुपमा विभाग आएका बुढा यसअघि भन्सार विभागको महानिर्देशकका रुपमा समेत कार्यरत थिए ।




















प्रतिक्रिया