काठमाडौं । सेयर बजार सामान्य अंकले बढेको छ । आज सेयर बजार २.०६ अंकले बढेर १९६०.८१ को विन्दुमा कायम भएको छ ।
आज ३१४ कम्पनीको ५० लाख ६४ हजार ३८ कित्ता सेयर किनबेच हुँदा २ अर्ब १४ करोड रुपैयाँको सेयर कारोबार भएको छ । आज १२० कम्पनीको सेयर मूल्य बढेको छ भने ११४ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै हिमालयन लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । इन्फिनीटि लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ८.४७ प्रतिशतका दरले कमाएका छन् । समता घरेलु लघुवित्तका लगानीकर्ताले ७.४६ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै बोटलर्स नेपाल तराईका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६.२३ प्रतिशतका दरले गुमाएका छन् ।
आज सर्वाधिक काराेबार कमाउने कम्पनीमा पोखरा फाइनान्सको सेयर कारोबार भएको छ । आज ८ करोड ३२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आरएसडिसी लघुवित्तको ६ करोड ५७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । हिमालयन लघुवित्त वित्तीय संस्थाको ५ करोड १७ लाख रुपैयाँ सेयर कारोबार भएको छ ।




















प्रतिक्रिया