Logo

अर्थ

न्युरो कार्डियो हस्पिटलमा उपचार गर्दा प्रभु बैंकका सदस्यलाई छुट



काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरूलाई मोरङको विराटनगर–८ स्थित न्युरो कार्डियो एन्ड मल्टिस्पेसियालिटी हस्पिटलले छुट दिने भएको छ ।

जसअनुसार अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडी टिकट बाहेक सिटिस्क्यान, न्यूरोसर्जरी, न्यूरोआईसियू, अर्थोप्याडिकसर्जरी, एमआरआई, प्रसूति तथा स्त्री रोग, क्याथ प्रयोगशाला, ल्याप्रोस्कोपिक सर्जरी, न्युरो नेभिगेसन स्टेल्थ लगायतका स्वास्थ्य तथा अन्य सेवाहरूमा विशेष छुट प्रदान गर्न गरिने जनाइएको छ ।

एक समारोहका बीच न्युरो कार्डियो एन्ड मल्टिस्पेसियालिटी हस्पिटलका सञ्चालन निर्देशक राजेश भट्टराई र प्रभु बैंक गोल्छा चोक, शाखा प्रमुख प्रशान्त कुमार झाले समझदारी ज्ञापन पत्रमा हस्ताक्षर गरे ।

छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरूले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड,क्रेडिट कार्ड तथा क्यूआर प्रणालीद्वारा भुक्तानी गर्नुपर्ने हुन्छ ।

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार १७:३२   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।