काठमाडौं । आज (बिहीबार) नेपाली बजारमा सुनको मूल्य घटेको छ । बिहीबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
बिहीबार सुन प्रतितोला १ लाख ३५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन उक्त सुन प्रतितोला १ लाख ३६ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, तेजाबी सुन तोलामा १ लाख ३४ हजार ९५० रुपैयाँ कारोबार भइरहेको छ ।
चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १ हजार ६८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।




















प्रतिक्रिया