काठमाडौं । सेयर बजारमा सामान्य अंककाे वृद्धि भएको छ । आज सेयर बजार नेप्से परिसूचक ५.६३ अंकले बढेर १९६६ को विन्दुमा कायम भएको छ ।
आज ३१३ कम्पनीको ७० लाख ५८ हजार ३९९ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब १२ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नेपाल फाइनान्स कम्पनीको सेयर कारोबार भएको छ । यस कम्पनीको १६ करोड ९७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सोल्टी होटल्सको १४ करोड ४७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । फर्स्ट माइक्रोफाइनान्सको ९ करोड ६६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै कुमारी सबल योजनका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ८.४८ प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया