Logo

अर्थ

राष्ट्रिय वाणिज्य बैंकको सिइओ बन्न २० जनाको आवेदन, क–कसले दिए ?



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) बन्नका लागि डेढ दर्जन बढीको आवेदन परेको छ ।

बैंकले गत बैशाख ७ गतेदेखि सिइओका लागि आवेदन खुला गरेको थियो । बैंकले २१ दिने म्याद राखेर दरखास्त खुलाएको थियो । दरखास्त दिने अन्तिम दिनसम्म २० जनाले आवेदन दिएका हुन् ।

बैंकको सिइओ पदका लागि पहिलो दिन एकजनाकाे, दाेस्राे दिन तीन जनाकाे र अन्तिम दिन १६ जनाकाे आवेदन परेकाे हाे । पहिलाे दिन रामदेव यादवले आवेदन दिएका थिए । बैशाख २६ गते बुधवार अगम मुखिया, दुर्गा कुमारी कंडेल, र नरेश राज अर्यालले आवेदन दिएका थिए ।

अन्य १६ वटा आवेदन भने अन्तिम दिन अर्थात् बिहीबार परेको हो । आवेदन दिनेमा पवन रेग्मी, विष्णु देव यादव, प्रकाश चन्द्र अधिकारी, डा. राम राज उपाध्याय, देवेन्द्र रमण खनाल, दीर्घ बहादुर अर्याल, झविन्द्र खत्री, गणेश प्रसाद गौतम, कृष्ण बहादुर अधिकारी, सरेश देवकोटा रहेका छन् । यस्तै, शंकर केसी, प्रमोद बावु तिवारी, कृष्ण प्रसाद आचार्य, शंकर कुमार रायमाझी र माधव प्रसाद रेग्मीले बैंकको सिइओ पदका लागि आवेदन दिएका छन् ।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहीबार १९:३९   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।