Logo

कोशी प्रदेश

कोशी सरकार गठनविरुद्धको रिट न्यायाधीश फुयालको इजलासमा



काठमाडौं । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमा आजका लागि  सुनुवाइ पेशी तोकिएको छ ।

कार्कीले दायर गरेको रिट न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा पेसी तोकिएको छ ।

कोशीका निवर्तमान मुख्यमन्त्री कार्कीले बिहीबार (हिजो) रिट दायर गरेका थिए ।

नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्की बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएपछि त्यसविरुद्ध कांग्रेसका तर्फबाट केदार कार्कीले रिट दायर गरेका हुन् ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार ११:३१   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।