काठमाडौं । नागरिक लगानी कोषले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
जसमा कोषले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ८८ करोड २४ लाख ४७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्ष कोषले ७७ करोड ७९ लाख खुद नाफा आर्जन गरेको थियो । गत वर्षको सोहि अवधिको तुलनामा यो नाफा १३.४३ प्रतिशतले बढी हो ।
कम्पनीको ब्याज आम्दानी बढेर ३५ करोड ३२ लाख पुगेको छ । गत आर्थिक वर्ष सोहि अवधिमा कम्पनीको ब्याज आम्दानी ३० करोड ५० लाख ३२ हजार रुपैयाँ रहेको थियो । जुन १५.८१ प्रतिशत बढी हो ।
कमिसनबाट हुने कम्पनीको आम्दानी १ अर्ब ४ करोड पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी ९३ करोड ५० लाख ६७ हजार रुपैयाँ मात्रै थियो ।
त्यस्तै, कम्पनीको चुक्ता पुँजी ५ अर्ब ३१ करोड ३७ लाख ५० हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा २५ अर्ब ५० करोड १९ लाख रुपैयाँ रहेको छ ।
चैतसम्म यो कम्पनीको प्रतिसेयर आम्दानी २२.१४ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १७१.४१ रुपैयाँ रहेको छ ।




















प्रतिक्रिया