काठमाडौं । कांग्रेसको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ । बैठक १५ मिनेटका लागि स्थगित भएको हो ।
बैठक सुरु भएपछि कांग्रेसले गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा मुछिएको प्रमाण रहेको भन्दै संसदीय छानबिन समिति गठन नभएसम्म संसद चलन नदिने घोषणा गरेको थियो । कांग्रेसको विरोधका बीच सभामुखले बैठक अगाडी बढाउन खोजेपछि कांग्रेससहितका विपक्षी सांसदहरुले वेल घेराउ गर्दै नाराबाजी गरेका थिए ।




















प्रतिक्रिया