काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सदनमा प्रश्नको घाँटी निमोठ्ने प्रयास भएको बताएका छन् । शुक्रबार बसेको प्रतिनिधिसभाको बजेट अधिवेशनको पहिलो बैठकमा उनले प्रश्नको घाँटी निमोठ्ने कुराको तयारी भइरहेको बताए ।
‘संसद्मा जुन दृश्य बन्न जाँदैछ । त्यसको कारण हामी होइनौँ । जे गर्ने सोच राखिएको छ । त्यसको मूल्य सबैले चुकाउनुपर्छ । यसलाई हल्का नठानियोस् । नेपाली कांग्रेस पार्टी सदन चल्नुपर्छ भन्ने कुरामा गम्भीर छ,’ उनले भने ।
डढेलो, बाढी पहिरो र दल तोडफोडको प्रश्न गर्ने मन भए पनि सरकारका कारण संसद् अवरुद्ध हुने अवस्था बनेको बताए ।




















प्रतिक्रिया