Logo

कोशी प्रदेश

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत



विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राखेको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको छ । संसदमा ६२ सांसद उपस्थित थिए । उनकाे पक्षमा ५७ मत पाएका छन् ।

विश्वासको मतका लागि सरकारको सिफारिसमा कोशी प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सभा बैठक आह्वान गरेका थिए।

संविधानको धारा १६८ (५) बमोजिम मुख्यमन्त्री भएका कार्की तेस्रो पटक कोशी प्रदेशको मुख्यमन्त्री बनेका हुन् ।

केन्द्रमा गठबन्धन परिवर्तन भएसँगै अल्पमतमा परेका पूर्वमुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पनि नलिने र राजीनामा पनि नदिने रणनीति बनाएपछि प्रदेश प्रमुख खापुङले उनलाई अपदस्थ गरी हिक्मतलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

एमाले संसदीय दलका नेता कार्की एमालेका ३९ र माओवादीका १३ सहित ५२ सांसदले हस्ताक्षरपछि उनी मुख्यमन्त्री नियुक्त भएका थिए ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार १५:३८   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।