Logo

अर्थ

विद्यार्थीको छात्रवृत्तिमा महालक्ष्मी विकास बैंकको साथ



काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले शिक्षाको पँहुचबाट पीछडिएका बालबालिकाहरुलाई छात्रवृत्ति वितरणका लािग आर्थिक सहयोग प्रदान गरेको छ ।

“बालबालिकालाई शिक्षित गर्नुहोस्” कार्यक्रम अन्तर्गत नेपालभर ८० वटा विद्यालय स्थापना गरी शिक्षा प्रदान गरिरहेको राउन्ड टेबल नेपालमार्फत करिब एक हजार विद्यार्थीहरुका लागि प्रदान गर्न लागिएको छात्रवृत्ति कार्यक्रमसँग सहकार्य गर्दै बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक सहयोग गरेको हो ।

आज काठमाडौं, धनगढी, वीरगन्ज, नेपालगन्ज, नारायणगढ, जनकपुर, बुटवल, भैरहवा गरी आठ स्थानमा सम्पन्न कार्यव्रmममा सहभागी हुँदै बैंकले शिक्षाको मूल धारमा आउन नसकेका, पीछडिएका तथा विभिन्न कारणले बन्दी जीवन बिताएका अभिभावकका बालबालिकाहरुलाई शिक्षाको अवसर प्रदान गर्न आवश्यक समन्वय गर्दै आईरहेको उक्त राउन्ड टेबल नेपाल संस्थासँग मिलेर विद्यार्थीहरुका लागि सहयोग प्रदान गरेको हो ।

प्रकाशित मिति : २ जेष्ठ २०८१, बुधबार १८:३०   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।