Logo

अर्थ

एकैदिन तोलामा १६ सयले बढ्यो सुनकाे मूल्य



काठमाडाैं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै महङ्गो भएको छ । आज सुनको मूल्य १६ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४० हजार रुपैयाँमा कारोबार भईरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

त्यस्तै, आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य ६० रुपैयाँले घट्दै प्रतितोला १ हजार ८०५ रुपैयाँ कायम भएको महासंघले जनाएकाे छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०८१, बिहीबार ११:१७   :  बजे

96
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।