Logo

अर्थ

Breaking : राष्ट्रिय वाणिज्य बैंककाे सीईओमा देवेन्द्र रमण खनाल नियुक्त



काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा देबेन्द्र खनाल नियुक्त भएका छन् ।  देवेन्द्र रमण खनाल  राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका कामु सीईओ थिए । चार्टर्ड एकाउन्टेन्ट समेत रहेका खनाललाई आगामी ४ वर्षका लागि सरकारले सीईओमा नियुक्त गरेको हो ।

सीईओ छनोट उपसमितिको गत आइतबार बसेको बैठकले पाँच जनाको नाम सर्टलिस्ट गरेको थियो । हिजो बुधबार अन्तर्वार्ता भएको थियो ।

बैंकको सीईओ नियुक्ति सिफारिस उपसमितिका अनुसार सर्टलिष्टमा कृष्ण बहादुर अधिकारी, देवेन्द्र रमण खनाल, प्रकाश चन्द्र अधिकारी, विष्णुदेव यादव र शंकर केसी परेका थिए । यी मध्ये देवेन्द्र रमण खनाल हाल बैंकको कामु सीईओका रुपमा थिए ।

सीईओका लागि आवेदन दिएकामध्ये सर्टलिस्टमा परेको उनीहरुलाई व्यावसायिक कार्ययोजना प्रस्तुति र अन्तरर्वाताका लागि बोलाइएको थियो । उनीहरुले व्यावसायिक कार्ययोजना प्रस्तुति र अन्तरर्वाता दिएका थिए ।

अन्तरवार्ताबाट उत्कृष्ट अंक प्राप्त गर्नेमध्येबाट संचालक समितिले खनाललाई सीईओ नियुक्त गरेको हो । राष्ट्रिय वाणिज्य बैंकको सीईओ नियुक्त भएका खनाल चार्टर्ड एकाउन्टेन्ट पनि हुन् । उनले एमबीए पनि गरेका छन् । उनीसँग डेढ दशक बढीको बैंकिङ अनुभव छ ।
प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठको कार्यकाल सकिएपछि उक्त बैंकमा सीईओ पद रिक्त थियो ।

 

प्रकाशित मिति : १० जेष्ठ २०८१, बिहीबार १२:१५   :  बजे

120
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।