Logo

अर्थ

सहकारी ठगी छानबिन गर्ने संसदीय समितिमा कोको भए सदस्य ?



काठमाडौं । सरकारले एमालेका सांसद सुर्य थापाको संयोजकत्वमा सहकारी ठगी सम्बन्धि संसदीय छानबिन समिति गठन गर्ने भएको छ ।

७ सदस्यीय समितिमा एमालेबाट थापा र सरिता भुसाल रहने भएका छन् । त्यस्तै कांग्रेसबाट सांसदहरु ईश्वरी देवी न्यौपाने र बद्रीप्रसाद पाण्डे रहने छन् भने माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपाबाट ध्रुवबहादुर प्रधान रहने भएका छन् ।

आजै बस्ने प्रतिनिधिसभाको बैठकले संसदीय समितिको घोषणा गर्ने छ । समितिलाई तीन महिनाको समय दिएर ४ बुँदे कार्यादेश दिइएको छ ।

 

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलवार १८:३२   :  बजे

198
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।